भुसे ईट्टा उद्योगलाई पचास हजार जरिवाना
सोमबार, माघ ०५, २०७७ मा प्रकाशित

बर्दिया, माघ ५ (फरकसमाचार) / भुसे ईट्टा उद्योगलाई पचास हजार जरिवाना गरिएको छ ।

ठाकुरबाबा नगरपालिका–१ सैनवारमा रहेको भुसे ईट्टा उद्योगलाई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहले जानकारी दिए । शाहका अनुसार भुसे ईट्टा उद्योग दर्ता नगरी विगत दुई, तिन वर्ष देखि संचालन हुदै आएको हो ।

आइतबार जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीमा उद्योग वाणिज्य संघका प्रतिनिधि, नगरपालिकाको प्रतिनिधि, सुरक्षा निकाय र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय