दलबहादुर सुनार
बर्दिया, माघ ८ / ट्रयाक्टर र मोटर साईकल एक आपसमा ठोकिदा मोटरसाईकलमा सवार ३ बालबालिका सहति ४ जना घाईते भएका छन् ।
गुलरियाबाट नेपालगंज तर्फ जादैगरेको ट्रयाक्टर र पशुपतिबजारबाट सितलाबजार तर्फ जादैगरेको मोटर साईकल बुधवार साझ सवा ६ बजेको समयमा बढैयाताल–८ स्थित कण्ठपुर चोकनजिक एक आपसमा ठोकिदा एकै घरका चार जना घाईते भएका हुन् ।
गुलरिया नगरपालिका–१० परसपुरबाट बिहेको जन्तिबोकेर आएको भे १ त ६५४४ नम्बरको ट्रयाक्टर भे ३ प २३४४ नम्बरकोे मोटर साईकल बढैयाताल– ८ स्थित कण्ठपुर चोक नजिक एक आपसमा ठोकिदा मोटर साईकल चालक बिकास नेपाली र उनका ५ बर्षे छोरा, १२ बर्ष र १० बर्षकी छोरी घाईते भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रयाक्टरलाई नियन्त्रणमा लिएको घाईतेहरुलाई उपचारको लागि नेपालगंज शिक्षण अस्पताल पठाईएको र ट्रयाक्टरमा सवार दुलाह दुलहि सहतिको जन्तीटोलीलाई फिर्ता पठाएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए ।