भगवती मा.वि.ले मनायो स्वर्ण जयन्ती दर्जनौ ब्यक्तित्व सम्मानित
बिहिबार, माघ ०८, २०७७ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया, माघ ८ / भगवती सस्कृत तथा साधारण माध्यमिक बिद्यालय बढैयाताल–८ तिलकानाले बुधबार भब्य रुपमा आफ्नो स्वण जयन्ती मनाएको छ ।

पचास बर्ष पुरा गरेको अवसरमा बिद्यालयले मनाएको स्वर्ण जयन्तीमा बिद्यालयलाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने दर्जनौ ब्यक्तित्वहरुलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मानित गरेको हो ।

लुम्बिनी प्रदेशका मुख्य मन्त्री तथा कार्यक्रमका प्रमुख अथिति शंकर पोखरेल प्रतिकुल मौषमका कारण उपस्थित हुन नसके पछि सभालाई मोवाईल फोनबाट सम्बोधन गर्दै स्वर्ण जयन्ती मनाउन सफल भएकोमा बिद्यालयलाई बधाई तथा बिद्यालयको उन्नती तथा प्रगतिको शुभकामना दिएका थिए । मुख्य मन्त्रि पोखरेलले बिद्यायको शैक्षिक तथा भौतिक बिकासको लागि प्रदेश सरकारको सहयोग रहने बताए ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा लुम्बिनी प्रदेशका सांसद कबिराम थारुको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिद्यालयका पूर्व बिद्यार्थि एवं जिल्ला समन्वय समितिका संयोजक शंकर प्रसाद थारुले बिद्यालयद्धारा प्रशासित स्मारिकको अनावरण गरे । त्यस्तै गरि बिद्यालयको स्वर्ण जयन्तीको अवसरमा करिब पाँच लाखको लागतमा निमार्ण हुने स्तम्भको पनि कार्यक्रमका बिशेष अथिति लुम्बिनी प्रदेशका सभासद कबिराम थारु र भुवनेश्वर थारुले संयुक्त रुपमा सिलन्यास गरेको बिद्यालयले जनाएको छ ।

२०२८ साल माघ ७ गते ८/१० जना बिद्यार्थिबाट निमको रुखमा पठन पाठन गरि स्थापना भएको बिद्यालय ५० बर्ष पुरा गरेको अवसरमा आयोजित स्वर्ण महोत्सबमा बिद्यार्थिद्धारा बिबिध सास्कृतिक कार्यक्रम, मार्चपास, र सोही बिद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ बर्षे छात्र प्राञ्जल ज्ञवालीले आबिस्कार गरेका सामग्रीको प्रर्दशनीबाट कार्यक्रमलाई थप आकषर्ण गराइएको थियो ।

स्वर्ण जयन्ती महोत्सबमा बढैयातालका अध्यक्ष लालबाहाुर श्रेष्ठ, उपाध्यक्ष दिपाकुमारी गौतम, बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी बिभिन्न वडाका अध्यक्षहरु, शिक्षा इकाई समन्वय समितिका प्रमुख रेबिका आमात्य, सामुदायिक बिद्यालय तथा सस्थागत बिद्यायका प्रध्यानाध्यापक, कालिका सामुदायिक पुस्ताकालयका अध्यक्ष शुसिल चौधरी, जग्गादाता प्रेम मल्ल, समाजसेबी दुर्गादत्त शास्त्री, बिद्यालयका सल्लाहकार, बिभिन्न मिडियाका पत्राकार, बिपन्न बिद्यार्थि छात्रबृत्ति अक्षयकोष सहयोग दाता, अभिभाबक, बिद्यार्थि लगाएतको उपस्थिति रहेको जनाईएको छ ।

बिद्यालयका प्रध्यानाध्यापक राजेन्द्रसिंङ एल.सी.ले स्वागत र शिक्षक कमलनाथ सुबेदीले सञ्चालन गर्नु भएको कार्यक्रममा पुर्व बिद्यार्थि एवं बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले जुन समाजले शैक्षिक क्षेत्रलाई बुझ्न सक्दैन त्यो समाजको बिकास नहुने भन्दै यो बिद्यालयको बिकासमा यस समाजको योगदान भएको कारणले यसै बिद्यालयका बिद्यार्थि बिभिन्न उच्च ओहोदामा पुग्न सफल भएको भन्दै बिद्यालयको बिकासका लागि सबै क्षेत्रको योगदान गर्नुपर्नेमा जोड दिएका थिए । त्यसै गरि पूर्व बिद्यार्थि समाजका संयोजक सन्तोष अधिकारीले स्तम्भ निमार्णको लागि डि.पि.आर तयार भएको जानकारी गराउदै यस बिद्यालयमा गुणस्तर शिक्षाको बृद्धि बिकासको लागि पूर्वबिद्यार्थिको साथ र सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय