दलबहादुर सुनार
बर्दिया, माघ १० / बर्दियाको बढैयातालमा वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
दोश्रो पालिका स्तरीय फुटबल प्रतियोगिताको लागि खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।
मयुर युवा क्लब बढैयाताल– ८ स्याउलीबजार र कालिका सामुदायिक पुस्ताकालयको संयुक्त आयोजना गरिएको प्रतियोगितामा बढैयातालका १ नम्बर वडा देखि ९ सम्मका ९ वटा टिमले खेलमा खेलमा सहभागिता जनाएका छन् ।
बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले खेलको उद्घाटन गरेका थिए । प्रतियोगीताका पहिलो दिन ८ र ५ वडा बिच भएको खेलमा ८ ले ५ लाई १ को बिरुद्ध २ गोल गरि बिजेता बनेको छ भने दोश्रो दिनको खेलमा ४ न.वडाले ९ लाई २ को बिरुद्ध ४ गोल गरि दोश्रो दिनको खेलमा बिजेता बनेको मयुर युवा क्लबका कोषाध्यक्ष शैलेन्द्र मल्लले जानकारी दिए ।
बढैयाताल–८ स्थित नयाँबस्तिमा रहेको खेलमैदानमा खेल माघ १७ गते सम्म संचालन हुने छ । प्रतियोगिता ८ नम्बर वडा कार्यालयको सहयोग र जिल्ला फुटबल संघ बर्दियाको समन्वयमा संचालन गरिएको आयोजकले जनाएको छ ।