स्कुल जान मन लाग्दैन, छुट्टि कहिले हुन्छ ?
मङ्गलबार, माघ १३, २०७७ मा प्रकाशित

बर्दिया, माघ १३ (फरकसमाचार) गुलरिया नगरपालिका हुलाक चौक चलन चल्तिको चौक मध्यमा पर्छ । विद्यालय खुल्ने समयमा बिद्यार्थीको भिँडभाँड बढ्छ । तर, उज्यालो अनुहारमा स्कुलको ड्रेसमा देखिने बिद्यार्थी आजभोली मलिन देखिन्छन् ।

उनीहरुको अनुहारमा स्कुल नजाने चाहना भएको अनुहारमा प्रष्टसँग पढ्न सकिन्छ । कोरोना कहरमा लामो समय बन्द भएको स्कुल जाने बिद्यार्थी अनुहार मलिन हुनुको पछिको कारण फरक समाचार संवाददाताले खोज्छ । सोमबार स्थलगत रिपोटिङमा निस्कदा बिद्याथीसँग संवाददाताले स्कुल जाने सम्बन्धमा प्रश्न राख्छ । ती बिद्यार्थीले झर्केर उत्तर दिन्छन् । हजुरलाई किन चाहियो भन्ने जवाफ फर्काउन्छन् । लगत्तै उनी भन्छन् जाडोले गर्दा स्कुल जानै मन लाग्दैन ।

उनको जवाफमा सहपाठीको समर्थन पाईन्छ । पश्चिम तराईमा पाँच दिन देखि दिन रात शितलहर परिरहेको छ । बिहान सामाान्य झरिपर्दा झै चलिरहने शितलहरले जाडो ह्वात्तै बढेको छ । चिसो र न्यानो खान सक्ने अभिभावकका छोरा र छोरी पनि शितलहर कहर छल्न सकेका छैनन । ग्रामिण भेगमा नाना र छाना नभएका बिद्यार्थी शितलहर प्रताडित भईरहेका छन् । लामो समय चलिरहेको शितलहर मर्काका परेका बिद्यार्थी सम्बन्धित निकायले छिटो भन्दा छिटो माग सम्बोधन गर्ने आशामा छन् ।‘बिद्यालय खुलेपछि बिद्यालय पठाउँनु पर्ने बाध्यतामा छौ,‘एक अभिभावकले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय