" />
शितलहरले जनजिवन प्रभावित
मङ्गलबार, माघ १३, २०७७ मा प्रकाशित
                                                                                                             शितलहर छल्न दाउराको जोहो गर्दै एक मजदुर

‘कोरोना र शितलहरले हाम्रो गाँस खोसिरहेको छ’

बर्दिया, माघ १३ (फरकसमाचार) / ‘कि रासन देउ, नत्र काम गर्न देउ’ नेपाल भारतको सीमावर्तीमा टाँगा आवागमन गर्ने मजदुर अब्दुलले भने, ‘लौ न मेरो यो गुनासो कसले सुन्छ ? कोरोना र शितलहरले हाम्रो गाँस खोसिरहेको छ ।’

आफ्नो गुनासो सुनाउँदै गर्दा उनका आँखासमेत रसाए । पहिला कोरोनाले सीमामा आवागमन रोकेका छ, अहिले शितलहर कहरले नाना र छाना नहुँदा बाच्नै मुश्किल भईरहेको छ । कसरी बिहान र साझको जोहो गर्न सकिन्छ भन्ने हामी छौ ।

‘यस्तै अवस्था रहने हो भने अब भोकै मर्ने भईयो, कतिन्जेल हामीले यस्तै हालतमा गुजारा गर्न पर्ने होे,’ उनले सुनाए ।
सरकारले लकडाउन शुरु गरेपछि अहिलेसम्म पुरानो भाडा चुक्ता गर्न नसकेको पिडा पोखे । टाँगा बेच्न खोज्दा पनि कसैले किन्दनन् । बिहान साझ मुख जोर्न नसक्ने अवस्था छ । लकाडाउन खुकुलो भएपछि मजदुरी गरेर ज्यान पालिरहेको उनले दैनिक ४ सय रुपैयाँ कमाउँथे, शितलहरले झन प्रश्रव पिडा दिएको छ ।

‘पहिला जसो तसो बिहान साझको छाक टरेको थियोे, त्यसैले घर धानेको थिए’ उनले भने, ‘ काम गर्न नपाएपछि केही आम्दानी होला भनेर दैनिक १ सय रुपैयाँमा ठेला भाडामा लिएको छु, तैपनि काम पाएको छैन ।’ भाडामा लिएको ठेलाको ज्याला तिर्न समेत सकेको छैन’ उनले भने ।

यतिवेला पाँच दिन देखि शितलहर चलिरहेको छ । पश्चिम तराईमा शितलहर चल्दा जनजिवन प्रभावित हुने गरेको छ ।
तर लकडाउनले सामान बोकेर दुई पैसा कमाउँने सपना समेत अपुरो भएको छ । यातायात चले मानिस चलेका छैनन । काम पाउँने आशामा रहेका उनलाई मागेर परिवार पाल्न पर्ने अवस्थामा पुगेका छन् । ‘दुई चार पैसा आम्दानी होला भनेर ठेला भाडामा लिईहाले, अहिले यता न उता भएको छु’ उनले भने, ‘यातायात व्यवसायीले सवारी गुडाएपनि हाम्रो काम आएन ।’ गरेर खान पाउनुपर्ने बताउने उनले आफु जस्ता तल्लोवर्गका मजदुरलाई काम नपाएर भोको पेट भएको उनले गुनासो गरे ।

‘गरिखान पाएका छैनम’ उनले भने, ‘सरकारले घाउमा मल्हम लगाउँने काम पनि गरेको छैन, जसको कारण गरिब जनता भोकै पर्ने बेला भयो ।’ उनले आफु काम गर्न जान खोज्दा समेत नपाएको बताए ।

पश्चिम तराईमा सयौ मजदुर अहिले कोरोना र शितलहरको कहरकोे प्रत्यक्ष मारमा परेका छन् । काम गरेर खान नपाएको बताउने उनीहरु पहिला कोरोना र अहिले सुरु भएको शितलहरको कहरले आफुहरुको गाँस नै गुम्ने अवस्था आएको बताउँछन् ।
भारतको बिहारबाट आएर गुलरियामा ज्यामी काम गर्ने भोला मियाको पनि गुनासो उस्तै छ ।

यातायात चले पनि यात्रु नहुदा यातायाात मजदुरको अबस्था दयनिय भएको छ । सकारले लकडाउँन त खोल्यो, सवारी चल्ने बेला शितलहर चलिरहेको छ । ‘यती लामो बन्द होला भनेर कहिल्य सोच आएन सहचालक तन्नु भुजुवाले भने, अहिले बेखर्ची भएका छौं ।,’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय