साईकल यात्रीको रोजाई देशकै लामो पक्की पुल
आइतबार, माघ २५, २०७७ मा प्रकाशित

                                                        दोस्रो दिन साईकल यात्री कोठियाघाट पुगे

फरकसमाचार
बर्दिया,माघ २५ / नेपालगंजबाट सुरु गरेको साईकल यात्रा शुक्रबार ठाकुराद्धारा पुग्यो । साईकल यात्रामा नेपाल र भारतका सहभागीलाई हुटहटी भयो । सायद चर्चामा रहेको कोठियाघाटमा देशकै लामो पुल संचालनमा आएको सुनेर मनमा कोतुहलता जाग्यो होला ।

कतिपय साईकल यात्रीले सोचेका रहेछन् –चर्चामा रहेको र देशको लामो पुल कस्तो होला ? लामो पुलमा हिड्ने कतिले मनमनै बाचा गरेका रहेछन् । ‘टुर दि ठाकुराद्धारा’ कार्यक्रममा सहभागी साईकल यात्रीलाई मौका जु¥र्यो । शुक्रवार थकित अवस्थामा ठाकुरद्धारामा रात बिताएका साईकल यात्री शनिवार बिहान लामो पुल हेर्न कोठियाघाट पुगे । साथीहरुसँग भ्रमणमा निस्केका यात्रीले पुल माथीबाट साईकलको माध्यमबाट कर्णाली नदीको भंगालो तरे । यत्तिकैमा साईकल यात्रीको चित्त बुझेन ।

कोठियाघाटमा खिचेको तस्विर धमाधम सामाजिक संजालमा फोटो पोष्ट गरे । तिनै साईकल यात्रीले सेयर गरेको फोटो यतिखेर सामाजिक संजालमा भाईरल बनेको छ । कर्णाली नदिको गेरुवा भंगालोमा सलक्क परेको पुल देख्दा मन नै आनन्दित भएको यात्रीले सामाजिक संजालमा खुसी साटेका छन् । ‘देशको लामो पुल भनेको सुन्दा हेर्नको लालाहित भएको थिए, लामो पुलमा टेक्ने अवसर पाए, पुल हर्ने धोको पुरा भयो’एक साईकल यात्रीले फेसवालमा यस्तो किसिमको स्टाटस लेखेर फोटो सेसन गरेका छन् । मध्यपश्चिमका पर्यटकिय गन्तव्य घुम्ने जो कोहि पनि कोठियाघाटको लामो पुल रोजाईमा पर्ने गरेको छ । निकुन्ज देखि १० किलोमिटर दक्षिण र सदरमुकाम गुलरिया देखि २४ किलोमिटर पश्चिममा पर्ने कोठियाघाटमा देशको लामो पुल छ । पुर्वपश्चिम राजमार्गकोबाट १ घन्टामा कोठियाघाट पुगिन्छ ।

पाँच वर्ष अघि सम्म कोठियाघाटको परिचय थियो –यात्रु बिश्राम गर्ने ग्रामिण बजार । नदि तर्न नसक्ने सर्वसाधरणलाई अन्तराष्ट्रिय जैबिकमार्गसँग जोडिएको कोठियाघाट बजारमा खरले छाएको घर टहरा रात बिताउँदा कहाली लाग्दो क्षण टुर दि ठाकुरद्धाराका संयोजक श्रीराम सिग्देललाई अझै ताजै छ । कोठियाघाटमा बासबस्ने जो कोहिले बन्यजन्तुको त्रास बिच झुप्रो टहरामा जबरजस्त रात गुजार्नु पर्ने बाध्यता बिर्सन अझै समय लाग्ला । तर, अहिले त्यहि ग्रामिण कोठियाघाट बजार पर्यटक आवागमनको हिसाबले पश्चिम नेपालको परिचित पर्यटक गन्तव्यसँग प्रतिस्पर्धा गरेको उनले सुनाए ।

कोठियाघाटमा देशकै लामो पुल संचालमा आएपछि घुम्न आउँने पर्यटक उल्लेख्य मात्रामा बृद्धि भएको छ । लामो पुल अवलोकन गर्न आउँने पर्यटक बढिरहेका छन् । पुल हेर्न आउँने पर्यटक डल्फिन देख्छन् र रमाउँदा पुलसँगै डल्फिनले पनि पर्यटकलाई भित्राएको स्थानीय बताउँछन् । जतिजति कोठियाघाटको प्रसार प्रसार हुन थालेको छ । पर्यटक आउँने क्रमले दिँनदिँनै उल्लेख्य छ । टाढा टाढा पुलबाट आएका मानिसले चाँपले गर्दा चल्दै नचल्ने होटल चल्न थालेका छन् । पुल छेउँ पिकनिक खेल्न आउँने समुह देख्दा स्थानीय दगं छन् ।

राजापुर क्षेत्रका तीन लाख सर्वसाधरणले कोठियाघाटमा बिताउँने कष्टपुर्ण जिबनशैलि र कोठियाघाटको परिचय फेरिसकेको स्थानीय बताउँछन् । पर्यटकको गन्तव्य स्थल भएका कारण विकासले गति लिएको स्थानीय शिक्षक माधब निगमले विकास माथी टिप्पणि गरे । ‘नजिक शहर बाहेकका नेपालका मुख्य शहर पोखरा, विराटनगर, बुटवल जस्ता ठाउँबाट आएका आन्तरिक पर्यटकले पुलको अबलोकन गर्न आईरहेका छन्’ उनले भने, ‘बिदाको दिन र शनिबार पुल छिचोल्न नसक्ने गरि मानिस झुमिन्छन, एक किलोमिटर लामो पुलमा जताततै मानिस देख्दा मन फुरुङ्ग हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय