दलबहादुर सुनार
बर्दिया, २८ / बालबालिकाको भविष्य निर्धारण गर्ने बिद्यालयहरु नै पछिल्लो चरणमा लागुऔषध दुव्र्यसनिमा फसेका बालबालिकाहरुको लागि रेड जोन बन्दै गएको छ ।
बर्दियाको बढैयाताल गाउँपालिकामा रहेका नेपाल भारतको सिमा क्षेत्रमा पर्ने अधिकांस बिद्यालयहरु लागुऔषध सेवन कर्ताको रेड जोन बनेको हो ।
९ र १० कक्षामा अध्ययन गर्ने करिब १५ र १६ जना छात्रहरु लागुऔषध दुव्र्यसनिमा संलग्न भएका एक बिद्यालयका प्रधानाध्यापकले जानकारी दिए ।
बिद्यालयले जानकारी गराए अनुसार सेवन कर्ता मध्येका ३/४ जना भने ईन्टरबलको समयमा सिमापारी जाने र सेवन गरि बिद्यालयमा आउने गरेको खुल्न आएको छ ।
लागु औषधमा संलग्न भएका बिद्यार्थीका कारण बिद्यालयलाई गुणस्तरी शिक्षामा गतिशिलता दिन चुनौति थपिएको र गलत बिद्यार्थीको प्रभाब अन्य बिद्यार्थीमा पनि पर्ने होकी भन्ने चिन्ताको बिषय पनि बनेको प्रधानाध्यापकले बताए ।
लागुऔषधमा संलग्न भएका छात्रहरुको पहिचान गरि उनिहरुको मनोसामाजिक रुपमा परामर्श गर्दै अएको र न्यूनिकरणका लागि बिद्यालयले रणनितीक योजना बनाई कार्यान्वयनको चरणमा रहेको बिद्यालयले जनाएको छ ।
बालबालिकाको भबिष्य उज्वल बनाउने संस्था नै लागुऔषध दुव्र्यसनिको अखडा बन्दै जाने हो भने अभिभावकले त्यस्ता बालबालिकाबाट के अपेक्षा गर्न सक्छन् । बालबालिकाको भविष्य कस्तो होला भन्ने सवालमा सबैको लागि चिन्ताको बिषय बनेको छ । अहिले नै नियन्त्रणको प्रयास गरिएन भने लागुऔषधको नकारात्मक प्रभाब बिद्यालयमा मात्र होईन समाजमा पनि असर पर्ने निश्चित छ । त्यसैले अभिभावक, बिद्यालय, पालिका र शिक्षासंग सम्बन्धीत निकायले तत्काल बिशेष योजना बनाई एक्सनमा जानु पर्ने देखिन्छ ।