सामुहिक बलत्कार पछि डोरीले घाटि कसेको अवस्थामा बालिकको शव ढोका नजिक राखिएको थियो : आफन्त
म पहिला घटना भएको शहर मोतिहारीस्थित कुन्डवा चैनपुरमा काम गर्थे । प्रहरीको संरक्षणमा सामुहिक बलत्कारपछि हत्या घटनाको प्रमाण नष्ट गरेको मैले थाहा पाए । त्यतिबेला म त्यस शहरमा थिएन । म रोजगारी गर्दा मेरा मोतिहारीस्थित कुन्डवा चैनपुरमा साथी भाई थिए । यस्तो घटना भएको विस्तारले साथीभाईसँग भने । त्यसपछि साथीहरुको सहयोगमा डिएसपिसँग गएर भेटेपछि घटनाको संरक्षण गरेर प्रमाण गर्न नष्ट गर्ने स्थानीय प्रहरीलाई भारतीय प्रशासनले निलम्बन र हत्या अरोपी दुई जनालाई पक्राउ गरेर भारतीय प्रहरीले सामुहिक हत्या पछि घटना अनुसन्धान सुरु गरेपछि न्याय पाउनेमा आशावादी छौं : पिडितका आफन्त नाम परिवर्तन रविन सिंह
बर्दिया, माघ २८ (फरकसमाचार) गत असोज बारबर्दियाकि वडा नं ६ को एक विद्यालयमा अध्यनरत १२ वर्षिय नाम परिवर्तित आमा वुवासँगै भारतको विहार राज्यको बिहारको मोतिहारीस्थित कुन्डवा चैनपुरमा पुगेकि थिईन । भारतको विहारमा उनका वुवा बजारको चौकिदारी गर्थे । यसरी नै विहान साझको जोहो गरिरहेका उनीहरुको परिवारमा पाँच महिनामा कु दृष्टि प¥र्यो । आमा घर फर्केको बेला बालिका डेरामा वस्थिन । अरु काममाा जान्थे । माघ ८ गते भने घरमा कोहि नभएको मौकामा बालिकाको सामुहिक बलात्कार पछि हत्या भयो ।
बालिकालाई बलात्कार ढोकामा भुण्डाईएको अवस्थामा भेटिईन । पिडित परिवार अतालिए र चिच्याए । न्याय खोजे । भारतका प्रहरीसँग गुहार माग्दा पनि प्रहरीको संरक्षणमा बालिकाको शव जलाएर प्रमाण नष्ट गर्ने काम भयो । त्यतिबेला मृतककि आमा बारबर्दिया घर फिरेकि थिईन् ।
नेपालसँग सीमा जोडिएका भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लामा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको खुलेको छ । बालिकाको शव प्रहरीकै सहयोगमा जलाइएको पिडित परिवार आफन्त वा मृतककि भिनाजु नाम परिवर्तित रविन सिंहले जनाए । उनका अनुसार घटना ढाकछोप गर्न भारतीय प्रहरीको मिलिमतो छ ।
मृतक बालिकाकाको घर नेपालको बर्दिया जिल्लास्थित बारबर्दिया नगरपालिकाका स्थायी बासिन्दा हुन् । उनी विगत सात वर्षदेखि बिहारको मोतिहारीस्थित कुन्डवा चैनपुरमा चौकिदारी गर्थे । उनका अनुसार यो घटना माघ ८ को हो । सुरेशकी पत्नी नेपाल नेपाल आएका बेला र उनी आफू चौकिदारी र दाजु बजार गएका बेला यो घटना भएको हो । उनका छोरा कुनै कामले बजार गएका बेला एक्लै रहेकी बालिकामाथि सामूहिक बलात्कार भएको हो ।
दिउँस ४ बजे छोरा बजारबाट फर्किने क्रममा घरभेटीले उनलाई घरमा जान रोकेको, जबरजस्ती जाँदा बहिनी घाइते अवस्थामा जमिनमा रहेको उल्लेख गरिएको छ । घटनाका बारेमा छोराले जानकारी गराएपछि आफू तत्काल घर पुगेको, छोरीको घाँटीमा निल डाम देखेको र तत्कालै अस्पताल लगे पनि उपचार नभएको सुरेशले जनाएका छन् । त्यसलगत्तै घटनामा संलग्नहरू एकै ठाउँमा जम्मा भएर बालिकाको शव जलाउन दबाब दिएको बाबु सुरेशले जाहेरीमा उल्लेख गरेका छन् ।
बालिकाको बलात्कारपछि हत्यामा संलग्न देवेन्द्रकुमार साहले बालिकाको शव तत्कालै नजलाएमा बाबुछोराको नै हत्या गरेर नेपालमा फालिदिने धम्की दिएको, पछि सादा कागजमा औंठा छाप लगाएर राति १२ बजे जबरजस्ती सडक किनारमा नुन र चिनी राखेर जलाइएको र बिहानै सुरेशलाई नेपाल लखेटेको जाहेरीमा उल्लेख गरिएको छ ।
घटना भएको १२ दिनपछि मात्र माघ २० मा अपराधीविरुद्ध भारतीय दण्डसंहिताअनुसार कारबाही माग गर्दै जाहेरी दर्ता भएको छ । घटनामा ११ जनालाई अभियुक्त बनाएर जाहेरी दिइएको छ ।
उक्त घटनाका बारेमा प्रहरीलाई जाहेरी दिएपछि शुक्रबार एक अडियो भाइरल भएको थियो । जसमा २१ जनवरीमा नेपाली बालिकामाथि भएको सामूहिक बलात्कार र हत्याका बारेमा स्थानीय थानाध्यक्ष सञ्जीवकुमार रञ्जन र अभियुक्त रहेश साहबीचको कुराकानी छ । उक्त कुराकानीमा थानाध्यक्षले अभियुक्तलाई मृतक बालिकाको शव व्यवस्थापन गरेर उनको चिसोका कारण मृत्यु भएको बताउन भनेका छन् । घटनामा संलग्न दुईजनालाई गिरफ्तार गरिसकिएको र बाँकी अभियुक्तलाई पनि गिरफ्तारीको तयारी भइरहेको प्रहरीले जनाएको छ ।
पीडित परिवारले स्थानीय सामाजिक कार्यकर्ता पुष्पा किशोरसँग भिडियो कलमा कुरा गर्दै भारतमा सबै लाग्नेमान्छे र प्रहरी उस्तै हुन्छन् भन्दै प्रश्न गरेको र न्यायको याचना गरेको पिडित परिवारले जनाएको छ । प्रमाण नष्ट गर्न पोस्टमार्टम नगरिएको र बालिकालाई जलाइएको जनाइएको छ । ३१ जनवरीमा मोतिहारीस्थित आफू बस्दै गरेको घरमा पुगेकी बालिकाकी आमा छाती पिटीपिटी रोएको र न्यायको याचना गरेको सामाजिक कार्यकर्ता पुष्पाले जनाएको उल्लेख गरिएको छ ।