बर्दिया,माघ २८ (फरकसमचार) भारतको विहारमा भएको बलात्कार पछि हत्याको घटनामा बर्दिया प्रहरीले फराकिलो अनुसन्धान गरेर सत्य तथ्य संकलन गरिरहेको छ ।
माघ २० गते कानुनी कारवाहीका लागि भारतीय उच्च अधिकारीसँग प्रहरी पटक पटक सम्र्पक गरी दवाव सिर्जना गरेको छ । प्रारम्भिक अनुसन्धानका लागि भारतमा रहेका मृतकका आमा वुवा लगायतसँग नियमित सम्र्पक प्रहरी गरिरहेको छ ।
पिडित परिवारको घरमै पुगेर अदालतसम्म प्रमाण सहित पेश हुनका लागि पिडिति परिवारको समन्वयमा काम गरिरहेको पिडित परिवारका आफन्तले जनाएका छन् ।
पिडित पक्षमा कारबाही अघि बढाएसँगै बर्दिया प्रहरी पिडित परिवारसँग जानकारी अनुसन्धान अघि बढाएको छ । भारतको प्रशासनिक निकाय र प्रहरी उच्च पदस्थसँग समन्वयमा काम अघि बढाईरहेको छ ।
सामुहिक बलात्कार पछि हत्या भएको घटना बाहिर आएकाले पिडितको न्यायको पक्षबाट बुझने काम भईरहेको र पिडित पक्षको साथमा प्रहरी रहेको उल्लेख गर्दै घटनाको सत्य तथ्य बुझेर न्याय दिने पक्षमा प्रहरीले काम गरिरहेको जिल्ला प्रहरी कार्यालय प्रबक्ता हेम वहादुर शाहीले बताए ।
‘मिडियामा आएका कुराहरुलाई बेस मानेर प्रहरी गहिरो अनुसन्धान गरिहरको छ’उनले भने,‘घटना घटेको भन्ने बुझिएको छ,मृतकका आमा र वुवा भारतमै हुनुहुन्छ, तर बारबर्दियामा रहेका मृतकको भिनाजुसँग सम्र्पक, समन्वय र सहकार्य बर्दिया प्रहरीले गरिरहेको छ ।’