दलबहादुर सुनार
बर्दिया, माघ २८ / भारतिय सिमा क्षेत्रसंग जोडिएका ३ वटा पालिकामा मानब बेचबिखन बिरुद्धका स्थानिय समिति धमाधम गठन हुदै छन् ।
नेपाल भारत सिमा क्षेत्रमा रहेका बर्दियाका ३ पालिकालाई मानब बेचबिखन मुक्त पालिका बनाउन पालिक र वडा कार्यालयको समन्वयमा माईति नेपालले मानब बेचबिखन तथा ओसार पसार नियन्त्रण स्थानिय समिति गठन अभियानलाई तिब्र पारेको हो ।
बिगतमा सिमाक्षेत्रमा मानब बेचबिखनका अबैध क्रियाकलाप देखिएकोले त्यस्ता क्रियाकलापमा नियन्त्रण गर्ने उद्देश्यले माईती नेपालको हाम्रो सम्मान परियोजना अन्तर्गत बर्दिया जिल्लाका मधुवन नगरपालिकामा गठन कार्य सम्पन्न भएको, बढैयातालको ८ र ९ वडा बाहेकका वडामा गठन भएको छ भने निकट समयमा गुलरिया नगरपालिका सम्पन्न हुने परियोजनाका फिल्ड सुपरभाईजर गौरब शाहले जानकारी दिए ।
मानब बेचबिखन तथा ओसार पसार नियन्त्रण स्थानिय समिति गठन गर्ने क्रममा मंगलबार बढैयाताल गाउँपालिका –७ का अध्यक्ष ईन्द्रप्रसाद लुईटेलको संयोजकत्वमा बिभिन्न क्षेत्रको प्रतिनिधित्व रहेको १३ सदस्य समिति निर्माण गरिएको छ ।
जसमा सदस्यहरुमा महिला सदस्यबाट डिलमायाँ सुनार, प्रहरीबाट कालिका प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक चुडामणी अधिकारी, शिक्षकबाट बिष्णु गौतम, बालक्लपबाट दुर्गा लुईटेल, किशोरी संजालबाट सम्झना क्षेत्री, स्वयं सेबिकाबाट आसा भट्टराई, हिसां निगरानी समुहबाट सिता गौतम गरी १३ सदस्य रहेको समितिको सदस्य सचिबमा सोही वडाका सचिब रण बहादुर रावत रहेको ७ नम्बर वडा कार्यालय जनाएको छ ।
मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानिय समिति गठन तथा परिचालन कार्यबिधि २०७५ अनुसार गठन गरिएको सिमितले मानब बेचबिखन ओसार पसार विरुद्ध जनचेतना अभिबृद्धि गर्ने, मानब बेचबिखन ओसार पसार विरुद्ध स्थानिय स्तरमा रहेका संघ सस्थासंग समन्वय गर्ने । मानब बेचबिखन ओसार पसारसंग सम्बन्धित अभिलेख अध्याबधिक लगाएतका क्रियाकलाप गर्ने रहेको समितिका संयोजक लुईटेलले जानकारी दिए ।