दलबहादुर सुनार
बर्दिया, माघ २९ / गुणस्तरीय शिक्षाको विकास गर्न बिद्याज्योति माध्यामिक बिद्यालय कण्ठपुरले बनाएको शैक्षिक रणनितिक योजना प्रभाबकारी बन्दै गएको छ ।
गुणस्तरीय तथा निशुल्क शिक्षामा सबैको पहुँच अभिबृद्धि गर्न सरकारले सङ्घीय, प्रादेशिक एवम् स्थानीय बजेट वक्तव्य मार्फत गरेको सैद्धान्तिक घोषणालाई पुरा गर्न रणनितिक योजना बनाई कार्यान्वयमा ल्याएको बिद्यालयले जनाएको छ ।
सामुदियक बिद्यालयहरुमा भन्दा सस्थागत बिद्यालयहरुमा बिद्यार्थीको आकर्षण बढेको बेला गुणस्तर शिक्षा र निशुल्क शिक्षाको अनुभुति हुने गरी शैक्षिक कार्ययोजना बनाएपछि बिद्यार्थीको संख्यामा बृद्धि भएको बिद्यालयका प्रधानाध्यापक भक्तिसागर रेग्मीले जानकारी दिए ।
नेपाल सरकारले प्रारम्भिक बाल विकासदेखि ८ कक्षालाई आधारभूत, ९–१२ लाई माध्यमिक तह घोषणा गरी आधारभूत शिक्षा सबैका लागि अनिवार्य र निःशुल्क तथा माध्यमिकतहमा निःशुल्क शिक्षाको ब्यवस्था संबिधानमा सुनिश्चित गरेतापनि अतिबिपन्न बालबालिकाहरुका लागि भने निशुल्क शिक्षा खासै प्रभाबकारी बन्न नसकेको अभिभावकको गुनासो छ ।
हाम्रो मुलुकमा धनि र गरिबले पढ्ने दुई खालका बिद्यालयहरु अस्तित्वमा रहेका छन् । आर्थिक रुपमा कमजोर बालबालिकाको शिक्षामा पहुँच अभिबृद्धि गर्न, गुणस्तर शिक्षाको लागि स्थानीय तह तथा शिक्षा सम्बन्धी सरोकारवालाहरु,अभिभावकहरुसंग हातेमालो गर्दै असल अभ्यास र सिकाईको खोजी गरी कार्यान्वयनमा अभ्यस्त रहेको बिद्यालयका प्रधानाध्यापक रेग्मीले बताए ।
अभिभावकमा गुणस्तरीय तथा अंग्रेजी माध्यमको शिक्षामा मोह बढ्दै गएपछि संस्थागत बिद्यालयमा चर्को शुल्क तिरेर पढाउन बाध्य छन् । बिद्यालयले यिनै अवस्थालाई मध्यनजर गर्दै बिगत तिन बर्ष देखि अंग्रेजी माध्यमबाट शिक्षण सिकाई गर्दै आएको बताउदै अतिबिपन्न २५ जना, अपाङ्गता भएका ५ जना बालबालिकाहरुको पुर्णरुपमा निशुल्क र बिशेष सुबिधाको ब्यवस्था गरेको बिद्यालयले जनाएको छ ।
नेपाल सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षाको ब्यवस्था संबिधानमा सुनिश्चित गरेतापनि अतिबिपन्न बालबालिकाका लागि भने निशुल्क शिक्षा खासै प्रभावकारी बन्न नसकेको अभिभावकको गुनासो छ ।