बर्दिया, फागुन ७ (फरकसमाचार) / नेकपा प्रचण्ड र माधव समुहका वरिष्ठ नेता तथा पूर्व गृह मन्त्री जनार्दन शर्माले संबिधान विघटनको विरोध गर्दे १७ सालमा पंचायत ढालेको बताउँदै केपी ओली सरकार ढाल्न निश्चित भईसकेको बताएका छन् ।
आफ्नै नेतृत्वको सरकारले छलछाम गरेर संबिधान बिवघटन गरी जनताको अधिकार खोसेको बताएका छन् ।‘संबिधान सभाबाट राजसंस्था ढाल्यौ,’उनले भने,‘छलछाम गरेर टिकेको सरकार ढाल्न केहि बेर छैन ।’
लोकतन्त्रिक अन्दोलको समिक्षा गर्नु पर्ने उनको भनाई छ । छलछाम गरेर राज्य सत्तामा पुग्नेहरु आफुलाई महाराजा ठान्न थालेका केपी सरकारको दिनगन्ती सुरु भएको उनले जिकिर गरे ।
‘महिला, दलित, थारु मधेशी लगायतको अधिकार सचिएको संबिधान महाराजा ठान्ने ओली सरकारले कुठाराघात गरेको छ’ उनले भने,‘यो जनताको लडाई हो यसमा हामी आवश्य सफल हुने छौं ।’
जनयद्ध योदा स्मृतिको वार्षिक उत्सवमा आयोजित कार्यक्रमभएको मधुवनमा सम्बोधन गर्ने क्रममा नेता सर्मा सरकार विरुद्धको आक्रोष पोखे ।
सम्बोधनको क्रममा देश सामान्यवाद, जनताको मुक्तिका लागि सहिद योदा प्रतिहार्दिक सम्मान गरेका थिए । देश परिवर्तनका लागि आफु अङ्गभङ्ग भएर समान्तवादका विरुद्ध आफ्नो योगदान र त्याग गरेका जनमुक्ति योदाहरुलाई शर्माले पटक पटक सम्मान व्यक्त गरे ।
त्यसैगरी मधुवन युवा क्लवलाई जनार्दन शर्माले फुटबल खेलको आयोजना गरेकोमा विशेष प्रसंसा गर्दै धन्यवाद दिएका थिए ।
देशभरका गाउँपालिका र नगरपालिका मध्ये मधुवन नगरपालिकाले विकास क्षेत्रमा मात्रा नभएर शैक्षिक क्षेत्रमा प्राविधिक शिक्षा संचालन गरेर यहाँका युवाहरुलाई आत्मनिर्भर बनाउने काम उत्कृष्ट रहेको पूर्व गृह मन्त्री शर्माले चर्चा गरे ।
खेलको क्षेत्रमा पनि निकै महत्व पूर्ण भुमिका खेलेको भन्दै नगरपालिकाको प्रशंसा गरे । मधुवन नगरपालिकामा फुटबलको प्रशिक्षक केन्द्रको स्थापना हुदै गएको उनले बताए ।
त्यसैगरी मधुवन नगरपालिकाले सामाजिक सद्भावको काम,अपाङ्गता भएका व्यक्तिलाई सद्भाव र सम्मान व्यवहार देखाएको छ । स्थानिय सरकार घर आँगनमा रहँदाको अनुभुति मधुवन नगरपालिकाले जनतालाई दिएको शर्माले बताए । स्थानीय सरकारले गर्नुपर्ने सम्पुर्ण सेवा सुविधा उपलब्ध गराएर पूर्व मन्त्री शर्माले उल्लेख गरे । संघियताको विषयमा धेरै प्रश्न उठ्ने गरेको बताए ।
मधुवन नगरपालिकाले संघियता भनेको के हो जनता सामु पुष्टि गरेको समेत शर्माले बताए । कम्युनिस्ट नेकपाका केन्द्रिय सदस्य तथा युवा नेता ठाकुर गैरे सरकारको आलोचना गरे । लुम्बिनी प्रदेशका सांसद तथा केन्द्रिय सदस्य तिलक शर्मा, प्रदेश सांसद दिपेश थारु लगायतको उपस्थिती रहेको थियो ।