बुधबार, असोज ०९, २०८१
मा प्रकाशित
1702
Shares
बर्दिया,असोज ९(फरकसमाचार)/ चोरी कसुरमा फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका–५ गाउँ नंम्बर ७ बस्ने संजय नेपालीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
चोरी मुद्दामा जिल्ला अदालतले विस २०७९ साल बैशाख ४ गते नेपालीलाई तीन महिना कैद र रु २ सय जरिवाना सजाय तोकेको थियो । अदालतले सजाय तोकेदेखि नेपाली फरार रहेका थिए ।
लुकीछिपी आफ्नै घरमा बसेको अवस्थामा प्रहरीले नेपालीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।