खराब मौसमका कारण हवाई सेवा प्रभावित
शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित

काठमाडौं, असोज ११ / खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ । मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन् ।

त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् ।आजको माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना छ । शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुनेछ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय