आयुर्वेद स्वास्थ्य केन्द्रमा फार्मेसी संचालन
आइतबार, असोज २०, २०८१ मा प्रकाशित

बर्दिया,असोज २०(फरकसमाचार)/ गुलरिया नगरपालिका–७ स्थिती रहेको बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र गुलरियामा फार्मेसी संचालन भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्रको परिसरमा गत आइतबार देखि सःशुल्क फार्मेसी संचालन भएको हो ।

लुम्बिनी प्रदेश सरकारको स्वीकृत कार्यक्रम अनुसार बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र गुलरियामा आउने सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गरि कार्यालय परिसरमा सःशुल्क फार्मेसी संचालनमा ल्याईएको बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र गुलरियाकी प्रमुख डा.कलावती विश्वकर्माले जानकारी दिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय