बर्दिया, असोज २१(फरकसमाचार) / नेपालगंज गुलरिया सडकखन्डमा आईतवार बिहान बिपरीत दिशाबाट आएका दुई वटा यात्रुबाहक बस जुध्छ । दर्जन भन्दा बढि घाईते हुन्छन् । गम्भीर घाइतेको उपचार अन्दस्पोर्ट सुरु भईहाल्छ । त्यहाँ उपस्थित डाक्टरले उपचार शुरु गरिहाल्छन् ।
कतिपय घाईतेलाई एम्बुलेन्समा बर्दिया अस्पताल पठाईन्छ । तत्काल घटनास्थलमा पुगेको ट्राफिक प्रहरीको गाडी र एम्बुलेन्सले बिरामी बोक्न शुरु गर्छन् । बस जुध्दा घाईते भएका तत्काल उद्धार हुँदा कुनै अप्रिय घटनाको समाचार बाहिर आउँदैन ।
दृश्यमा वास्तविक घटना बनाएर प्रस्तुत गरिने घटना यति वेला समुदाय माँझ प्रभावकारी बनेको छ । खोज, उद्दार, प्राथमिक उपचारमा सलग्न हुने सुरक्षाकर्मीको कौशलता सम्मान पाईरहेको छ । गुलरिया स्थित सशस्त्र प्रहरीको ३१ नम्बर गणका एसपि चित्राङ्ग दाहालको नेतृत्वमा आईतबार दुर्घटनाको क्रृतिम अभ्यासमा अभ्यस्त सुरक्षाकर्मीको सिमुलेशनले खैलाबैला नै मच्चियो ।
स्थानीय दंग भएर दुर्घटनाको क्रृतिम अभ्यासमा सलग्न सुरक्षाकर्मीको प्रस्तुतिले वास्तवमै दुर्घटनाको झल्को दिएको महशुश गरे । यस्ता अभ्यासले दुर्घटना, बाढी र आगलागी जस्ता घटना भए सुरक्षित गर्न मद्दत गर्ने तर्क गरे । अब विपद प्रतिकार्य अभ्यासले सुरक्षित हुन सक्ने भएका छौ ।’ दुर्घटना हुदाँ के कस्ता कुरा साबधानि अपनाउँनु पर्ने दुर्घटनाका कृतिम अभ्यासबाट ज्ञान बढेको स्थानीय राम थारुले सुनाए ।
विपदका घटना जतिवेला जहाँपनि हुन सक्ने भएकाले पुर्व तयारी स्वस्प कृत्रिम अभ्यासले सुरक्षाकर्मी अभ्यस्त हुने उनले बिश्वास व्यक्त गरे । समुदायस्तरमै घटनाको प्रस्तुतिकरण सहित प्राथमिक उपचार गरी जनधनको क्षति हुनबाट बचाउनका लागि यस प्रकारको अभ्यास निकै प्रभावकारी हुने स्थानीयले औल्याए ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयूक्त प्रयासबाट पशु हाट बजार स्थित प्रस्तुतिकरण गरिएको कृतिम अभ्यासको प्रजिअ शर्माले खुलेर प्रशंसा गरिन् । घटनाको बारेमा व्यबहारिक ज्ञान र अभ्यस्तताको आवश्यक्ता रहेको औल्याउँदै बिपद प्रतिकार्यका लागि सिमुलेशन अपरिहार्य रहेको तर्क गरिन ।
प्राथामिकतामा रहेको मानव सुरक्षाका लागि गरिएको क्रृतिम अभ्यासले सडक दुर्घटनाको सुरक्षाका बारेमा व्यबहारिक ज्ञान दिएको गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बताए । ‘यस्ता अभ्यासले दुर्घटना भईहाले उद्धार गर्न महत्वपूर्ण योगदान हुनेछ’उनले भने,‘विपद प्रतिकार्यका घटनामा अभ्यस्त गराउँन नगरपालिकाले सहयोग गर्दे अएको छ । अगामी दिनमा पनि नगरपालिकाको सहयोग रहनेछ ।’