मङ्गलबार, असोज २९, २०८१
मा प्रकाशित
1555
Shares
काठमाडौँ,असोज २९/ दसैँपछिको पहिलो कारोबारका दिन मंगलबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको हो । यसअघि असोज २३ गते सुनको मूल्य तोलामा १ लाख ५९ हजार १०० रुपैयाँ कायम भएको थियो ।
उक्त दिनको तुलनामा दसैँपछि आज कारोबार हुँदा सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको हो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । असोज २३ मा तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज रु २५ बढेर तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको हो । रातोपाटीबाट साभार