सन्दीपको भिषा स्विकृत – आजै अमेरिका जाने
शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित

काठमाडौं,कार्तिक ०२/ नेपाली क्रिकेटर सन्दीप लामिछानेको अमेरिकाको भिषा स्विकृत भएको छ । नेपाल क्रिकेट संघ(क्यान) का अनुसार सन्दीपको भिषा स्विकृत भएको र विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न सन्दीप आजै बेलुका अमेरिका प्रस्थान गर्ने जनाएकाे छ ।

‘नेपाल, स्कटल्याण्ड र अमेरिकाविच यहि अक्टोबर २५ देखि नोभेम्बर ०४, २०२४ सम्म अमेरिकामा संचालन हुने त्रिदेशीय ओडिआई सिरिजमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई अमेरिकी राजदुतावासबाट भिषा प्राप्त भएको व्यहोरा जानकारी गराउँद छौ,’ विज्ञप्तीमा भनिएको छ ‘निज आजै बेलुका अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको व्यहोरा समेत सम्पूर्णमा जानकारी गराउन चाहन्छु ।’

अमेरिकामा यही कार्तिक ९ बाट १९ गतेसम्म त्रिकोणात्मक सिरिज आयोजना हुदैछ । सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग हुनेछ ।

नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा खेल्नेछ । सिरिजको सबै खेल अमेरिकाको टेक्सासस्थित डालसमा रहेको ग्रान्ड प्रेरि स्टेडियममा हुनेछ। सबै खेल नेपाली समयअनुसार राति ९ः१५ बजे सुरु हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय