जग्गा कसुरकी फरार प्रतिवादी पक्राउ
शनिबार, असार ०७, २०८२ मा प्रकाशित

बर्दिया,असार ७(फरकसमाचार) / जग्गा कसुरमा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–८ आशापुरकी ६६ वर्षीया चम्पा लोधलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

गत जेठ २३ गते जग्गा सम्बन्धि मुद्दामा अदालतले लोधलाई १ हजार जरिवाना फैसला गरेको थियो । अदालतले जरिवाना तोकेदेखि लोध फरार रहेकी थिईन् ।

लोध लुकिछिपि आफ्नै घरमा बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । लोधलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय गुलरिया प्रवक्ता एवंम् प्रहरी नायव उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय