चितुवाको आक्रमणबाट ३२ वर्षिय पुरुष घाईते
सोमबार, असार १६, २०८२ मा प्रकाशित

बर्दिया,असार १६ (फरकसमाचार)/ चितुवाको आक्रमणबाट एक पुरुष घाईते भएका छन् । गुलरिया नगरपालिका–६ स्थित सर्जु सामुदायिक वनमा घाँस काट्न गएको बेला शनिबार साँझ ५ बजे चितुवाले आक्रमण गरि घाईते बनाएको हो ।

चितुवाको आक्रमणबाट घाईते हुनेमा गुलरिया नगरपालिका–७ का ३२ वर्षिय बिरेन्द्र यादव रहेका छन् । वनमा घाँस काट्न गएको बेला चितुवाले यादवलाई आक्रमण गरेको डिभिजन वन कार्यालयका सुचना अधिकारी रामकुमार चौधरीले बताए ।

सुचना अधिकारीका अनुसार यादवको टाउँकोमा सामान्य चोट लागेको छ । बर्दिया अस्पतालमा उपचारपछि यादव घर फर्किसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय