सोमबार, भदौ ०९, २०८२
मा प्रकाशित
1169
Shares
बर्दिया, भदौ ९/ ठाकुरबाबा नगरपालिकाले प्रधानाध्यापकलाई मोटरसाइकल हस्तान्तरण गरेको छ । ठाकुरबाबा नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई शुक्रबार मोटरसाइकल हस्तान्तरण गरेको हो ।
शिक्षाको गुणस्तर बढाउन थप प्रोत्साहन र जवाफदेही बनाई कार्यक्षमतामा थप जिम्मेवार बनाउन प्रधानाध्यापकलाई मोटरसाइकल हस्तान्तरण गरिएको पालिकाले जनाएको छ । विद्यालय प्रयोजनको लागि ९ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई मोटरसाइकल हस्तान्तरण गरिएको छ ।
यसले गर्दा विद्यालयको कामकाजको लागि दौडधुप गर्न प्रधानाध्यापकलाई सहज हुने विश्वास छ । शान्ति सुरक्षालाई मध्यनजर गरि यस अघि ठाकुरबाबा नगरपालिकाले प्रहरीलाई तीन वटा मोटरसाइकल हस्तान्तरण गरिएको थियो ।