बुधबार, कार्तिक १३, २०८२
मा प्रकाशित
1137
Shares
अभिनव कुमार पाठक
बर्दिया, कार्तिक १२/ लागु औषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–७ का २४ वर्षीय अजय रैदासलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
जिल्ला अदालतले विसं २०८१ साल माघ २७ गते लागु औषध मुद्दामा रैदासलाई दुई महिना १३ दिन कैद र रु २ सय पीडित राहत कोषमा जम्मा हुने गरी फैसला गरेको थियो ।
अदालतले सजाय तोकेदेखि रैदास फरार रहेका थिए । खोजतलासको क्रममा प्रहरीले रैदासलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला अदालतमा पेश गरेको डीएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिए ।
