बर्दिया,कार्तिक १८(फरकसमाचार) / गुलरियामा नेपाल प्रिमियम लिग (एनपीएल) ट्रफी प्रदर्शन गरिएको छ । गुलरिया नगरपालिका–६ राधाकृष्ण चोकमा सोमबार लुम्बिनी लायन्स एनपीएल ट्रफी प्रदर्शन गरिएको हो । एनपीएलकोे दोस्रो संस्करण सुरु हुनु पुर्व विभिन्न ठाउ“मा ट्रफी प्रदर्शन कार्यक्रम सुरु छ । सोही क्रममा सोमबार गुलरियामा ल्याईएको ट्रफीको भव्य रुपमा स्वागत गरिएको हो ।
गुलरियामा लुम्बिनी लायन्सले एनपीएलको ट्रफी ल्याएर जिल्लावासीलाई क्रिकेटसंग जोड्नको लागि पहली कदम गरेकोमा लुम्बिनी लायन्स क्लब धन्यवादको पात्र रहेको बर्दियाका पूर्व क्रिकेट खेलाडी दीपकलाल श्रेष्ठले बताए ।
ट्रफी स्वागत कार्यक्रममा गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतम, क्रिकेट प्रेमी, विद्यार्थी, शिक्षकलगायत उपस्थिती रहेको थियो । आठ टोलीको सहभागितामा एनपीएलको दोस्रो सिजन मंसिर १ गते कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुने जनाईएको छ ।

