बस दुर्घटनामा ६ जना घाईते
सोमबार, मङि्सर ०२, २०८२ मा प्रकाशित

बर्दिया,मंसिर ०१(फरकसमाचार)/ बस दुर्घटनामा ६ जना घाईते भएका छन् । ठाकुरबाबा नगरपालिका–२ बर्दिया राष्ट्रिय निकुञ्ज पुर्व पश्चिम राजमार्गमा आइतबार बिहान साढे ६ बजे बस दुर्घटना हुँदा ६ जना घाईते भएका हुन् ।

बुटवल देखि महेन्द्रनगर तर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडक देखि १० मिटर तल नालामा खसेको थियो । रुपन्देही सैनामैना नगरपालिका–५ मुर्गियाका ३५ वर्षिय सुकराम थारुले चलाएको लु २ ख ७५० नंम्बरको बसमा १८ जना सवार रहेका थिए ।

बस दुर्घटना हुँदा सहचालक रुपन्देही बुटवल उपमहानगरपालिका–१३ बेलबासका ३९ वर्षिय याम बहादुर परियारको दाँहिने खुट्टामा चोट लागेको थियो । यस्तै रुपन्देही मायादेवी नगरपालिका–७ कपिलवस्तुका ४० वर्षिय राजेश कुमार चौधरी, गुल्मी रेसुङ्गा नगरपालिका–१२ का ३२ वर्षिय बाबुराम बिक, कैलाली धनगढी उपमहानगरपालिका–२२ कि दिपा भट्ट, लम्कि नगरपालिकाका डिम्पल बिक र बद्रगोडिया गाउँपालिका–६ तुल्सिपुरकी २२ वर्षिय करिस्मा गडरिया घाईते भएकी थिईन् ।

भुरिगाउँ नगर अस्पतालमा सामान्य उपचारपछि घाईते गडरिया र बाबुराम बिकलाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ । घाईते गडरियाको टाउको र बाबुराम विकको कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ । अन्य घाईते सामान्य उपचारपछि डिस्चार्ज भएको डीएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय