अभिनव कुमार पाठक
बर्दिया, मंसिर २/ मतदाता नामावलीमा नाम लेखाउन पाँच दिन म्याद थप गरिएको छ । मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम लेखाउन म्याद थपिएको हो । नजिकिदै गरेको प्रतिनिधिसभा निर्वाचनको लागि मतदाता नामावलीमा नाम लेखाउने सर्वसाधारणहरु निकै व्यस्त देखिएका छन् ।
असोज १० गतेदेखि सुरु भएको मतदान नामावली परिचयपत्र बनाउने अवधि कार्तिक अन्तिमसम्म मात्र थियो । तर,पाँच दिन म्याद थप भएपछि छुटेकाहरु मतदाता नामावली बनाउन निर्वाचन कार्यालयमा पुग्ने गरेका छन् ।
शुक्रबारसम्म मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख लालबहादुर मल्लले बताए । ’३ लाख २५ हजार जानाले मतदान परिचयपत्र बनाएको तथ्याङ्क छ,’कार्यालय प्रमुख मल्लले भने,’असोज १० गते देखि सोमबारसम्म ११ सय ६४ जाना पुरुष र ९ सय ६८ जाना महिलाले मतदान परिचयपत्र बनाएको तथ्याङ्क छ ।’

