लागू औषध सहित तीन पक्राउ
बुधबार, मङि्सर ०४, २०८२ मा प्रकाशित

‎अभिनव कुमार पाठक, ‎बर्दिया, मसिर २ /‎लागु औषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार प्रहरीले लागू औषध सहित तीनजनालाई पक्राउ गरेको हो। बासगढी नगरपालिका-३ लखनागाउँ स्थित शंकास्पद रूपले बसिरहेका ३२ वर्षीय सुनिल थारु र २० वर्षीय सफिक मोहम्मद साईलाई शङ्का मालिक चेक जाँच गर्दा उनीहरूबाट ५ सय असि मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीको दाबी छ ।
‎त्यसैगरी बढैयाताल गाउँपालिका-७ कण्ठपुर स्थित भारतको बलईगाउँबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री जिल्ला बाँके खजुरा गाउँपालिका-४ ई गाउँका ३६ वर्षीय राजकुमार सुनारलाई शङ्का मानी चेकजाँच गर्दा १ ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो गाउँको धुलो पदार्थ फेला पारेको प्रहरी नयव उपरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी दिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय