बर्दिया,मंसिर ५ / मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् र छोरी घाईते भएका छन् । गुलरिया नगरपालिका–११ लालपुर स्थित डल्लपमा मोटरसाइकल ठोक्किदाँ जिल्ला कैलाली भजनी नगरपालिका—१ की २६ वर्षिया सपना सुनारको बिहीबार राती मृत्यु भएको हो । मृतकका श्रीमान् कैलाली भजनी नगरपालिका–१ का ३२ वर्षिया चन्चल सुनारले चलाएको भे १२ प ७०५५ नंम्बरको मोटरसाइकलमा श्रीमती सपना र ५ वर्षीया कृष्टिना सुनार सवार रहेका थिए ।
नेपालगंज देखि कैलालीतर्फ जाँदै गरेको मोटरसाइकल सोही दिशातर्फ जादै गरेको डल्लपमा लालपुर स्थित ठोक्किदाँ मोटरसाइकलमा सवार तीनै जना घाईते भएका थिए । टाउकोमा चोट लागेर शख्त घाईते भएकी सपनालाई उपचारको लागि बर्दिया अस्पताल पु¥याईएको थियो । उपचारको क्रममा चिकित्सकले सपनालाई मृत घोषणा गरेका थिए ।
यस्तै मृतकका श्रीमान्को बायाँ हात र निधारमा चोट लागेको छ भने छोरीको टाउकोमा चोट लागेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाईते दुवै जनाको बर्दिया अस्पतालमा उपचार भईरहेको जनाईएको छ । डल्लप र डल्लप चालक प्रहरीको नियन्त्रणमा रहेको डीएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

