लागु औषधसहित एक पक्राउ
आइतबार, मङि्सर १५, २०८२ मा प्रकाशित

बर्दिया,मंसिर १४(फरकसमाचार) / लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाँउपालिका–२ फुटाह चेकपोष्ट स्थितबाट लागु औषधसहित एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँके बैजनाथ गाँउपालिका–३ का २० वर्षीय रबिन्द्र कुमार थारु रहेका छन् ।

साइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा थारुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाई छिपाई राखेको १ ग्राम ६ सय ६० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

थारुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय