बर्दिया घटनाको छानबिन गर्न समिति गठन
सोमबार, मङि्सर २३, २०८२ मा प्रकाशित

काठमाडौँ,मंसिर २२ / बर्दियामा नागरिकता सम्बन्धी प्रशासनिक झमेलाका कारण दुई जनाले ज्यान गुमाएको घटनामा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृह मन्त्रालयले बढैयाताल-४ की एक युवतीले नागरिकता नपाएर जीवन गुमाएको घटनामा सत्यतथ्य छानबिन गर्न सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा समिति गठन गरेको छ।

गत शुक्रबार समाचार प्रकाशित भएपछि प्रधानमन्त्री सुशीला कार्कीले समेत उक्त घटनामा आफ्नो ध्यानाकर्षण भएको बताएकी थिइन् । त्यसपछि उनले सत्यतथ्य बुझ्नका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई निर्देशन दिएकी थिइन् । मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै, सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो।

समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रूपमा जाँचबुझ गरी ५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समितिलाई आदेश दिइएको छ। बर्दियाको बढैयाताल गाउँपालिका–४ दक्षिण भकारी गाउँकी अञ्जु थारुले २२ कात्तिकमा आत्महत्याको बाटो रोजिन् । छोरीको मृत्युको शोकमा रहेका उनका बाबु कान्छाले पनि चार दिनपछि आत्महत्या गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय