नेपालगन्ज, चैत १० : बाँके जिल्ला प्रशासन प्रमुख कुमार बहादुर खड्का नेपालगन्ज स्थित रुपैडिया नाकामा जाँदा रातिबाट नेपाल छिर्न नपाएका नेपाली नागरिकले आक्रोशित भएका छन् ।
माथिबाट आएकोआदेशको पालना गरिरहेको प्रशासन प्रमुख कुमार बहादुर खड्काले बताएका छन् । ‘नाका बन्द गर्ने भनिएको छ । तर विहानै नाकामा आइपुगेका हुनाले एकै ठाउँमा लगेर राख्ने व्यवस्था गर्न लागिएको छ ।’ उनले भने, ‘ठाउको व्यवस्था गर्न लागेका छौं सबैको स्वास्थ परिक्षण गरेर बल्ल घर जान पाउँनेछन् ।’ तर उनका कुरा नसुनेर सबै आक्रोशित भएर तत्काल भित्र छिर्न दिनुपर्याे भन्दै पारिवारले दबाब दिइरहेका छन् ।
नाकामा आफन्तहरु पनि पुगेर भित्र आउन दिनु पर्याे भन्ने माग गरिरहेका छन् । रातभरिबाट भोकै भएकाहरुलाई न आउन दिइन्छ न क्वारेन्टाएनमा लैजान्छन् । भोकले मेरा छोराछोरी आत्तिएको अभिभावकको गुनासो छ ।