शुक्रबार, बैशाख १२, २०७७
मा प्रकाशित
0
Shares
राजापुर, वैशाख १२ : बर्दियामा झन्डै आठ हजार घरपरिवारलाई राहत वितरण गरिएको छ । बिहिबारसम्म सात हजार ९ सय ६५ घरपरिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
बर्दियामा सबैभन्दा धेरै मधुवन नगरपालिकाले राहत वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयका तथ्यांकानुसार मधुवनले हालसम्म दुई हजार ४ सय ५८ घरपरिवारलाई राहत वितरण गरेको छ ।
यस्तै, बढैयाताल गाउँपालिकाले एक हजार ६ सय, गुलरिया नगरपालिकाले ९ सय २३, बाँसगढी नगरपालिकाले ६ सय ६३, बारबर्दिया नगरपालिकाले एक हजार ३५ र ठाकुरबाबा नगरपालिकाले एक हजार २ सय ८६ घरपरिवारलाई राहत वितरण गरेका हुन् ।