१ सय ६० बोरा गुटखा बरामद
शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित

गुलरिया, वैशाख २७ : लकडाउनको समयमा बर्दियाकाे बाँसगढिमा सुर्तिजन्य पदार्थ लैजादै गरेको अवस्थामा प्रहरीले बरामद गरेको छ । कैलालीबाट बाँकेको नेपालगन्ज तर्फ लैजादै गरेको ना.५ख ७५८६ नम्बरको ट्रकमा प्रहरीले नियन्त्रण गरेकाे छ ।

ट्रकमा १ सय ६० बोरा गुटखा रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। नेपालगन्ज  लैजादै गरेको अवस्थामा बाँसगढी नगरपालिका–५ बाट ट्रक सहित गुटखा नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्र खड्काले वताए । 

बिल अनुसार १४ लाख ४० हजार मूल्य बरावरको गुटखा वरामद गरिएको उनले जानकारी दिए । लकडाउनका समयमा सुर्तिजन्य पदार्थ अत्यावश्यक सामाग्री भित्र नपरेको र लकडाउन उलंघन गरि कारोवार गरेका कारण सुर्तिजन्य पदार्थ पक्राउ गरिएको खड्काले बताएका छन्।

नेपालमै बनेको भएता बिगतका समयमा मेघश्रीले बारम्बार राजश्व छली गर्ने गरेको पाइएको हुँदा यसपटक पनि राजश्व छलि गरिएको छ वा छैन थप अनुसन्धान गरि कारवाही प्रकृया अगाडी बढाईने खड्काले बताए ।

वरामद भएको ट्रक सहितको गुटका अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बाँसगढीमा राखिएको छ । लकडाउन भएसंगै सुर्तिजन्य पदार्थहरुको अभाव हुदा यसका उपभोक्ताहरुले बढी मूल्य तिरेर सेवन गरिरहेको पाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर