सोमबार, भदौ २२, २०७७
मा प्रकाशित
0
Shares
फोटो फिचर
बर्दिया,गुलरिया ५ बालापुरकि रामरानी थारु दैनिक ५ किलोमिटर टाढा बिहान गुलरिया बजार तरकारी वेच्न पुग्छन ।बिहानको समय तरकारी बेच्दा जान्छ ।
यो दैनिकि फेरिएको पनि लामो समय भईसक्यो । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले सुरु गरेपछि उनी जस्तै घर घरै पुगेर तरकारी वेच्न बिबश छन् । राजापुर,बासगढी,मगरागाढी,लाली बजारमा गाउँ गाउँबाट तरकारी वेच्न पुग्ने गरेका छन् ।
यस अघि व्यापारी आएर तरकारी किन्ने गरेपनि अहिले भने अबस्था फेरिएको छ । अहिले घर घर गएर तरकारी वेच्न परेको उनले सुनाईछिन । उनी एक प्रतिनिधि पात्र मात्र हुन । गाउँ गाउँ तरकारी नबिक्दा उनी जस्ता धेरै किसान मर्कामा परेका छन् । तरकारी बिक्रि नहुदा खाल्डामो गाड्न परेको उनको दुखेसो छ ।