शनिबार, असोज ०३, २०७७
मा प्रकाशित
0
Shares
असोज ३, बर्दिया । बर्दियामा ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
राजापुर र गेरुवा गाउँपालिकाका ४६ जनाबाट लिएको स्वाव संकलनको रिपार्टमा पाँच जना र भेरी अस्पतालमा गरिएको स्वाब परिक्षणको रिपोर्टमा दुई जना गरी ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
राजापुरमा पाँच जना, बारबर्दिया र बाँसगढीमा एक एक जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोर्कण गिरीले जानकारी दिए ।
बर्दियामा कोरोना संक्रमितको संख्या ५ सय ४७ भएको छ । दुई जनाको संक्रमित बाँकेमा गणना हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।