बेद प्रकाश गुप्ता
असोज ३, बर्दिया । संविधान दिवसका अवसरमा शनिबार प्रदेश ५ स्थित बिभिन्न जिल्लामा आयोजित औपचारिक समारोह कार्यक्रम गरिएको छ भने कतै संविधान दिवसको विरोध गरी ¥याली निकालिएको छ ।
बाँके बर्दिया लगायत अन्य जिल्लामा समर्थन र विरोधमा ¥याली निकालिएको हो ।
बर्दियाको गुलरियामा जनता समाजवादी पार्टी नेपालद्धारा विभेदकारी संविधान निर्माण भएको भन्दै विरोध प्रदर्शन गरेका थिए । विरोध गर्दैै निकालिएको जुलुुस गुलरिया नगर परिक्रमा गरी कोणसभामा परिणत भएको थियो । विरोध जुलुसको नेतृत्व नेता केशव यादवले गरेका थिए ।
संविधान दिवसकै अवसरमा बुटवलमा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यममन्त्री शंकर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा संविधान सर्वस्वीकार्य भएको बताए ।
संघीयता कार्यान्वयनसगैं प्रदेश सरकार छोटो अवधिमै देखिने र सुनिने अवस्थामा आइपुगेको, महामारीका बेला प्रदेश सरकारले औचित्य पुष्टि गरेको, स्थानीय सरकार नागरिकको घरदैलोको सरकारको रुपमा स्थापित भएको बताए ।
जनआकांक्षा पूरा गर्न तहगत सरकारहरुले गरेका कामको नतिजा देखिन लागेको र अझै धेरै गर्न बाँकी रहेको बताएका थिए । प्रदेश ५ को राजधानी बुटवलमा आयोजित समारोहको अध्यक्षता आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले गरेका थिए ।
संविधान दिवस मनाउँदा कोभिड १९ को महामारीलाई ख्याल गर्दै व्यक्तिगत दुरी कायम गरी मनाइएको थियोे ।