बाँके\बर्दिया, असोज ७ (फरकसमाचार)
‘कि रासन देउ, नत्र काम गर्न देउ’ बुधबार दिँउसो नेपालगंजमा रित्तो अटो रिक्सा घचेटीरहँदा भेटिएका मजदुर नरेश थारुले भने, ‘लौ न मेरो यो गुनासो कसले सुन्छ , कोरोनाले हाम्रो गास खोसिरहेको छ ।’
आफ्नो गुनासो सुनाउँदै गर्दा थारुको आँखासमेत रसाए । ‘यस्तै अवस्था रहने हो भने अब भोकै मर्ने भईयो, कतिन्जेल हामीले यस्तै हालतमा गुजारा गर्न पर्ने हो,’ उनले भने ।सरकारले लकडाउन शुरु गरेपछि अहिलेसम्म भाडामा लिएको ठेलाको ज्याला समेत तिर्न सकेका छैनन । मजदुरी गरेर ज्यान पालिरहेको उनले दैनिक ४ सय रुपैयाँ कमाउँथे, हड्ताल भएपछि काममा जान पाएका छैनन ।
‘पहिला जसो तसो बिहान साझको छाक टरेको थियोे, त्यसैले घर धानेको थिए’ उनले भने, ‘ काम गर्न नपाएपछि केही आम्दानी होला भनेर दैनिक १ सय रुपैयाँमा ठेला भाडमा लिएको छु, तैपनि काम पाएको छैन ।’ भाडामा लिएको ठेलाको ज्याला तिर्न समेत सकेको छैन’ उनले भने ।
बजारमा सामान ओसार पसार गर्न ठेला भाडा लिएको उनले सुनाए । तर लकडाउनले सामान बोक्ने दुई पैसा कमाउँने सपना समेत अपुरो भयो । यातायात चले पनि उनले काम पाउँने आशमा रहेका उनलाई मागेर परिवार पाल्न पर्ने अवस्थामा पुगेका छन् । ‘दुई चार पैसा आम्दानी होला भनेर ठेला भाडामा लिईहाले, अहिले यता न उता भएको छु’ उनले भने, ‘यातायात व्यवसायीले सवारी गुडाएपनि हाम्रो काम आएन ।’ गरेर खान पाउनुपर्ने बताउने उनले आफु जस्ता तल्लोवर्गका मजदुरलाई काम नपाएर भोको पेट भएको उनले गुनासो गरे ।
‘गरिखान पाएका छैनम’ उनले भने, ‘सरकारले घाउमा मल्हम लगाउँने काम पनि गरेको छैन, जसको कारण गरिब जनता भोकै पर्ने बेला भयो ।’ उनले आफु काम गर्न जान खोज्दा समेत नपाएको बताए ।
पश्चिम नेपालको नेपालगंज जस्तो ठूलो सहरमा खड्का जस्ता सयौ मजदुर अहिले कोरोना कहरकोे प्रत्यक्ष मारमा परेका छन । काम गरेर खान नपाएको बताउने उनीहरु कोरोना कहरले आफुहरुको गास नै गुम्ने अवस्था आएको बताउँछन ।
भारतको बिहारबाट आएर गुलरियामा ज्यामी काम गर्ने भोला मियाको पनि गुनासो उस्तै छ । एउटा कोठा भाडमा लिएर ५ जना साथीहरुसँग मिलेर बस्ने उनले लकडाउनको मारमा परेको बताए । घर बनाउने काम गर्ने उनले संकलन भएको केही पैसा अग्रिम रुपमा घरमा पठाईसकेका थिए । ‘बाँकी रहेको ज्याला पनि साहुले दिएनन’ मियाले भने, ‘अहिले खर्च चलाउन समस्या पर्न थाल्यो ।’ लकडाउनको समयमा कसैले उधारो समेत नदिने हुँदा झनै अप्ठेरोमा परेको उनले सुनाए ।
काम गर्दा दैनिक ५ सय रुपैयाँसम्म ज्याला पाउने उनी अहिले दिनभर सुतेर र साथीहरुसँग कोठामै तास खेलेर बिताउँछन । ‘आम्दानी नहुँदा तरकारी किन्ने पैसा समेत छैन, अलिकति लिनुपर्ने ज्याला पनि साहुले दिएनन’ उनले भने, ‘पसलमा उधारो समेत पाईदैन, के खाने भन्ने समस्याले पिरोल्न थाल्यो ।’
यातायात चले पनि यात्रु नहुदा यातायाात मजदुरको अबस्था दयनिय भएको छ । सकारले लकडाउँन त खोल्यो ,सवारी चल्दैनन् । ‘यती लामो बन्द होला भनेर कहिँल्य सोच आएन सहचालक तन्नु भुजुवाले भने, अहिले बेखर्ची भईयो’
दैनिक मजदुरी गर्ने राजापुरकि पार्वती थारु पनि दुखेसो अरुको भन्दा भिन्न छैन । दिनभरी अरुको काम नगरी खान नपाउने मजदुरहरु बन्दको मारमा परेको उनको गुनासो छ । ‘काम गर्न नदिएर हामीजस्ता गरिबलाई झनै पीडा दिइएको छ’ उनले भनिन, ‘कि त काम दिनुप¥यो, नत्र सररकारले चामल दिनुप¥यो ।’