चीनको दाबी : नेपाली भूमिमा भवन बनाएका छैनौं
बुधबार, असोज ०७, २०७७ मा प्रकाशित

असोज ७, काठमाडौं । चीनले नेपालसँग जोडिएको कुनै पनि ठाउँमा सीमा विवाद नरहेको दाबी गरेको छ ।

उसले नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरुको सत्यतथ्य जाँच गर्न नेपालले सक्ने जनाएको छ ।

हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएको बेला चीनको सो धारणा आएको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले एक प्रेस नोट जारी गर्दै भनेको छ, ‘चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद छैन । दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएका छन् ।’

नेपाल–चीन निकटका छिमेकी हुन् भन्दै चिनियाँ दूतावासले नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरेको जनाएको छ । साभार : अनलाईनखबर

प्रतिक्रिया

सम्बन्धित खवर