बुधबार, असोज ०७, २०७७
मा प्रकाशित
0
Shares
असोज ७, बर्दिया । बुधबार बर्दियामा कोरोना संक्रमित वडा अध्यक्षको मृत्यु भएको छ ।
बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सुर्य बहादुर थारुको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
१० दिन अघि टाईफाईड देखिएको उनलाई बाँकेको भेरी अस्पतालमा कोरोना परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई स्वासप्रश्वासको समस्या समेत रहेको भेरी अस्पतालले जानकारी गराएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कोरोना संक्रमणबाट अध्यक्षको मृत्यु भएको आफ्नो फेसबुक वाल मार्फत पनि जानकारी गराएका छन् ।