बुधबार, असोज ०७, २०७७
मा प्रकाशित
0
Shares
असोज ७, बर्दिया । बुधबार बर्दियामा २१ जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको २०० जनाको पीसीआर परिक्षणमा २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जानकारी गराएको छ ।
संक्रमण पुष्टि हुनेमा बारबर्दिया नगरपालिकाका ११ जना, गुलरिया नगरपालिकाका ९ जना र मधुवन नगरपालिकाका १ जना रहेका छन् । संक्रमित हुने मध्येमा ८ जना महिला रहेका छन् भने १३ जना पुरुष छन् ।
यस सँगै बर्दियामा संक्रमितको संख्या ६ सय ३० पुगेको छ ।