बर्दियामा एकै दिन ३२ जनामा कोरोना पुष्टि
शनिबार, असोज १०, २०७७ मा प्रकाशित

बर्दिया, असोज १० । शनिबार बर्दियामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको १ सय ५१ जनामा गरिएको परिक्षणमा बर्दियाका ३२ जनालाई कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए ।

गुलरिया नगरपालिकाका २५ जना, बढ्रैयाताल नगरपालिकाका ४ जना, मधुवन नगरपालिकाका २ जना र ठाकुरबाबा नगरपालिकाका १ जनालाई कोरोना संक्रमण देखिएको भेरी अस्पतालको आधिकारीक फेसबुक पेजमा उल्लेख छ । जसमा ७ जना महिला छन् भने २५ जना पुरुष रहेका छन् ।

गुलरिया नगरपालिकाका २५ जना मध्ये १७ जनामा जिल्ला प्रहरी कार्यालयका प्रहरी जवानहरुलाई कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर