बर्दियामा ७० हजार बराबरको अवैध सामान भन्सार बुझाईयो
सोमबार, असोज १२, २०७७ मा प्रकाशित

असोज १२, बर्दिया । सशस्त्र प्रहरीले ७० हजार बराबरको अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरीको ३१ नं. गण मातहत रहेका युनिटहरुबाट खटिएको टोलीले जिल्लाको विभिन्न सीमा नाकाहरुबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा अवैध सामान बरामद गरेको हो ।

नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भन्सार दाखिला मुल्य ७० हजार ७ सय ४० बराबरको दुनो भैसी, प्याज र चिनी बरामद गरि सशस्त्र प्रहरीले भन्सारमा बुझाएको हो ।

यस अघि बरामद गरेको काठ र सुर्ति जन्य पदार्थ बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर