असोज १२, सुर्खेत । कर्णाली प्रदेश प्रहरी सुर्खेत मातहत रहेका जिल्ला प्रहरी कार्यालयहरुले फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
प्रतिवादीहरु अदालतबाट फैसला कार्यान्वयनका क्रममा फरार भएका थिए । प्रदेश प्रहरी मातहत रहेका विभिन्न प्रहरी कार्यालयहरुले ४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरको हो ।
सवारी ज्यान मुद्धा परेका एकजनालाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरेको छ भने विगतमा सुर्खेतमा घटना घटाई मुगुमा लुकी छिपी बसिरहेको कर्तब्य ज्यान मुद्धा लागेका १ जनालाई जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरेको हो ।
यस्तै बहुविवाह मुद्धा परेका २ जनालाई जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरि अनुसन्धान कार्या अघि बढाएको छ ।
फरार प्रतिवादीहरुलाई पक्राउ गरि विभिन्न जिल्लाका सम्बन्धीत अदालत समक्ष पेश गरिएको कर्णाली प्रदेशका प्रदेश प्रहरीका एसएसपि राजेश नाथ बास्तोलाले जानकारी गराए ।