असोज १२, काठमाडौं" />
होम आइसोलेसनमा बसेकी महिलाको मृत्यु
सोमबार, असोज १२, २०७७ मा प्रकाशित

असोज १२, काठमाडौं । कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बसेकी जाजरकोटकी एक महिलाको मृत्यु भएको छ ।

जुनीचाँदे गाउँपालिका-५ गर्खाकोटकी ७६ वर्षीय महिलाको स्वास्थ्यमा समस्या देखिएपछि नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहोलपुर लैजाने क्रममा सोमबार मृत्यु भएको हो ।

कोरोना संक्रमण भएको आशंकामा असोज ५ गते शिक्षण अस्पतालमै पीसीआर जाँच गराउँदा ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी होम आइसोलेसनमै बसेकी थिइन् ।

सोमबार दिउँसो भने उनलाई कोरोना आइसोलेनमा लैजाने क्रममा सवा दुई बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए ।

महिलाको पारिवारिक स्रोतका अनुसार उनमा पित्तथैलीसम्बन्धी रोग पनि थियो । साभार : अनलाईनखबर

प्रतिक्रिया

सम्बन्धित खवर