बर्दियामा ९ र बाँकेमा १२ जनामा कोरोना पुष्टि
मङ्गलबार, असोज १३, २०७७ मा प्रकाशित

असोज १३, बर्दिया । मंगलबार बर्दियामाा ९ जना र बाँकेमा १२ जना कोरोना संक्रमित थपिएका छन् ।

भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको १ सय ६७ जनाको परिक्षणमा बर्दियाका ९ जना र बाँकेका १२ जनालाई कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएका मध्ये १० जना महिला र ११ जना पुरुष रहेका छन् । यस्तै बर्दियामा बारबर्दिया नगरपालिकाका ५ जना र गुलरिया नगरपालिकाका ४ जनालाई देखिएको हो । गुलरिया नगरपालिकाका ४ जना संक्रमित मध्ये ३ जना जिल्ला प्रहरी कार्यालाय बर्दियाका प्रहरी जवानहरु हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर