१४ असोज, रौतहट । र" />
बाघको आक्रमणबाट रौतहटमा एकजनाको मृत्यु
बुधबार, असोज १४, २०७७ मा प्रकाशित

१४ असोज, रौतहट । रौतहटमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

चन्द्रपुर नगरपालिका-६ का २७ वर्षीय संगम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए ।

भण्डारीको कम्मरभन्दा तलको भाग बाघले खाएको अवस्थामा बुधबार जंगलमा फेला परेको डीएसपी शाहीले जानकारी दिए ।

भण्डारी मंगलबार दिउँसो घाँस लिन जंगल गएका थिए । राति अबेरसम्म नफर्केपछि खोज्न गएका अन्य दुईजनालाई पनि बाघले आक्रमण गरेको थियो । साभार : अनलाईनखबर

प्रतिक्रिया

सम्बन्धित खवर