बाँकेमा थप २ जनाको कोरोनाका कारण मृत्यु
बिहिबार, असोज १५, २०७७ मा प्रकाशित

असोज १५, बाँके । विहिबार बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगंज मेडिकल कलेज कोहलपुरमा कोरोना संक्रमण भई उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी गराए ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा नेपालगंज उपमहानगरपालिका वडा नं. ४ का ५२ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिलाको नेपालगंज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर