बेद प्रकाश गुप्ता
असोज १६, बर्दिया । शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई महिला अधिकारकर्मीहरुले ज्ञापनपत्र बुझाएका छन् ।
अन्तरपार्टी महिला संजालकी अध्यक्ष मिथिला फुयालको संयोजकत्वमा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीलाई ज्ञापनपत्र बुझाईएका छन् ।
दैनिक ७ वटा भन्दा बढि बलात्कारका घटनाहरु, बलात्कार गरी हत्या गर्ने तथा बन्दाबन्दीको समयमा लैङ्गिक हिंसाका कारणले ४७ महिलाको हत्या भएका घटनाले महिला तथा बालबालिका माथि हुने हिंसाको कहालीलाग्दो अवस्था नेपाली समाजमा रहेको भनी ज्ञापनपत्र बुभाईएको हो ।
बन्दाबन्दीको समयमा न्यायीक निकाय र सेवाप्रदायक संंस्थाहरुमा उजुरी हुननसकेको बेला बालबालिका र महिलाहरुले प्रहरीमा उजुरी गराएको भएता पनि उजुरी प्रक्रियामा नगएको सञ्चार माध्यमका प्रतिवेदनले जनाउँछ ।
यस्तै महिला पुर्नस्थापन केन्द्र (ओरेक) मा २०७७ वैशाख देखि भदौसम्म अभिलेखिकरण भएका ३ सय १९ बलात्कारका घटनाहरु दर्ज भएको छ । बलात्कारका घटना दर्ज हुनेमा २ वर्षदेखि १८ वर्ष मुनिका बालिकाहरु छन् ।
घटना मध्ये झण्डै ९० प्रतिशत घटना परिचित व्यक्तिबाट, घर, छिमेक तथा आफ्नै समुदायमा भएका छन् । महिला तथा बालबालिकाहरु आफ्नै घर समुदायमा सुरक्षित नभएको ओरेक तथा पछिल्लो वर्षमा राज्यकै निकायले दिएका तथ्यांकले बताउँछ ।
यस्तो जघन्यय अपराधको मुद्धामा देखिने मौनताको संस्कृती, पीडकलाई गर्ने प्रवृत्तिले बलात्कार जस्तो जघन्य अपराधले अझ प्रश्रय पाइराखेको अवस्था दयनीय रहेको भनि ज्ञापनपत्र बुझाएको ओरेक नेपालकी जिल्ला संयोजक शर्मिला निरौलाले बताईन ।
बैठकमा गुलरिया नगरपालिका वडा नं. ७ कि अध्यक्ष गीता बस्नेत, दलित महिला संघकि अध्यक्ष हिमा सुनार, ओरेक नेपालकी जिल्ला संयोजक शर्मिला निरौला, माइती नेपालकी गायत्री रिमाल, नगरस्तरीय यूवा नेटवर्ककी प्रेरणा चौधरी तथा पत्रकारहरुको उपस्थिती थियो ।