बर्दियामा ६ र बाँकेमा ७ जनामा कोरोना पुष्टि
शुक्रबार, असोज १६, २०७७ मा प्रकाशित

असोज १६, बर्दिया । शुक्रबार बर्दियामा ६ जना र बाँकेमा ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको १ सय ३९ जनामा गरिएको परिक्षणमा बर्र्दियाका ६ जना र बाँकेका ७ जनालाई कोरोना संक्रमण देखिएको हो ।

संक्रमित मध्येमा बर्दियाको मधुवन नगरपालिका वडा नं. ३ का १ जना पुरुष, सानोश्री नगरपालिका वडा नं. ६ का १ जना पुरुष, ठाकुरबाबा नगरपालिका वडा नं. ३ की १ जना महिला र बारबर्दिया नगरपालिका वडा नं. ६ की १ जना महिला रहेकी छन् ।

यस्तै जिल्ला प्रहरी कार्यालयका २ जना प्रहरीहरुमा पनि कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर