शुक्रबार, असोज १६, २०७७
मा प्रकाशित
0
Shares
असोज १६, बाँके । शुक्रबार भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।
कोरोना संक्रमित नेपालगन्जकी २५ वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।
यसअघि बाँकेमा बिहीबार एक चिकित्सक सहित ३ जनाको मृत्यु भएको थियो । भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएकोे परिक्षणमा आज ७ जना कोरोना संक्रमित थपिएका छन् ।